प्रधानमन्त्री ओलीको सिफारिसलाई सर्वोच्चले उल्टाइ दिन्छ : उपेन्द्र यादव
आइतबार, ०५ पुस २०७७, ११ : ५७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटनको रिफारिस गरेको टिप्पणी गरेका छन् ।
संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिए पनि प्रधानमन्त्री ओलीले जवर्जस्ती गरेको उनले बताए ।
यसरी संविधानविपरित कार्य गर्यो भने लोकतन्त्र नै खतरमा पर्न सक्ने बताउँदै उनले प्रधानमन्त्री ओलीको यो कार्यलाई निरकुंशताको संज्ञा दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई सदर गरेपनि यसलाई सर्वोच्चले उल्टाई दिने बताउँदै उनले प्रधानमन्त्री ओलीले चालेको कदम लोकतन्त्रको हितविपरित रहेको प्रतिकृया दिए ।
हुँदै नभएको अधिकार प्रयोग गर्नु भनेको निरकुंशता भएको र यस्तो काम पहिला राजा महराजाले गर्ने गरेको बताउँदै उनले यी कुराको मूल्याकंन जनताले गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने