संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान छैन : पूर्वसभामुख पौडेल
आइतबार, ०५ पुस २०७७, ११ : ४४

काठमाडौं । नेपपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान नभएको भन्दै संसद विघटनको सिफारिस फिर्ता हुनुपर्ने बताएका छन् ।
उनले भने, 'अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।' प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिसका थिए । पूर्व सभामुख समेत रहेका नेता पौडेलले मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताए ।
संसद विघटन लोकतन्त्रको मर्म र राष्ट्र हीत विपरीत भएको उनको ठहर छ । काँग्रेसले संसद विघटनको प्रतिवाद गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी