बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्रीले ‘कू’ गरे, राष्ट्रपतिले स्वीकृत गर्न हुँदैन’

आइतबार, ०५ पुस २०७७, ११ : ३४
आइतबार, ०५ पुस २०७७

राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले प्रधानमन्त्रीले संसद  विगठन गरेर 'कू' गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक मन्त्रपरिषद\ बैठक बोलाएर संसद विघठनका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । 

रातोपाटीसँग कुरा गर्दै सांसद बिडारीले अहिलेको संविधान अनुसार कुनै हालतमा सरकारले संसद विगठन गर्न नसक्ने बताउँदै भने–‘यो बहुमतको सरकार हो, पार्टी विभाजन पनि भएको छैन, कुनै त्यस्तो अप्रीय घटना भएको पनि छैन, संविधानको धारा ७६ र १०० दुईवटालाई मिसाएर हेर्दा यो सरकारले यसरी विगठन गर्न सक्दैन  । संविधानमै नभएको कुरा सरकारले गरेपछि त्यसलाई के भन्ने ? यो कू गरेको हो । यसलाई सेनाले साथ दिने, अरुले साथ दिएर टिक्यो भने थाहा छैन, नत्र यो टिक्ने काम गरेको हैन ।’

उनले प्रधानमन्त्रीले संसद विगठनको प्रस्ताव लिएर गएपनि राष्ट्रपतिले यसलाई प्रमाणीकरण गर्न नहुने बताए । राष्ट्रपति संसवधानको पनि संरक्षक भएको हुनाले संविधान विपरित भएको काममा साथ दिन नहुने उनले बताए । 
उनले भने–‘राष्ट्रपति संविधानको पालक र रक्षक हुन्, उनले पनि गैरसंवैधानिक काम गरिन भने त्यो संविधानमाथि कू हो, संविधान नमानेको अवस्था हो । त्यसकारण राष्ट्रपतिले यो कदमलाई साथ दिनु भएन् ।’
मन्त्रीपरिषदको संसद विगठन सम्बन्धी प्रस्ताव लिएर प्रधानमन्त्री ओली यतिबेला राष्ट्रपति भवन सितल निवास पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप