संसद विघटनको खिलापमा उभिऔँ : काँग्रेस नेता सिंह
काठमाडौं । नेपपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटनको सिफारिस असंवैधानिक कदम भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिसको निर्णयको खिलापमा उभिन समेत अपिल गरेका छन् ।
उनले भने, 'संसद विघटनको सिफारिस असंवैधानिक कदम हो । जनताले राजनीतिक स्थीरताका लागि करिब दुई तिहाई मत दिँदा पनि नेकपाले त्यसलाइ जोगाउान सकेन । पार्टिभित्रको अन्तरसंघर्षको सिकार संसदलाई बनाउनु निन्नदनिय छ । यदि प्रधानमन्त्रीले यस्तो अप्रिय निर्णय लियको साचो होभने लोकतन्त्र र संविधानलाई संकटमा पार्ने असंवैधानिक कदमो घोर भत्सर्ना गर्दछु । साथै सम्पूर्ण लोकतन्त्र बादिहरु लाई एक ढिक्का भयर यसको खिलाप मा उभिन समेत अपिल गर्दछु ।'
यस्तै काँग्रेस नेता डा. शेखर कोइरालाले संसद विघटनको कदम गैरजिम्मेवारपूर्ण भएको बताए । उनले भने, 'संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण