संविधानको कुन धारा अन्तरगत संसद विघटनको प्रस्ताव गरे ओलीले ?

काठमाडौं । राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले संविधानमा संसदको कार्यकाल ५ वर्ष राखिएको थियो । तर यस विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्पति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान प्रष्ट खुलाइएको छैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने छ ।
संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिध सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता