शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमा–बुवाले पोर्नको डिभीडी फुटाइदिए, सेक्स टोय फालिदिएः छोराले ठोके मुद्दा, तिर्नुपर्छ जरिवाना

आइतबार, ०५ पुस २०७७, ११ : ०३
आइतबार, ०५ पुस २०७७

अमेरिकाको मिशिगनमा एक न्यायाधिशले निकै अचम्मको निर्णय सुनाएका छन् । डेभिड वर्किङ नामका एक व्यक्तिले आफ्ना आमा–बुवाविरुद्ध मुद्दा दर्ता गरेका थिए । कारण अचम्मकै थियो । उनका आमाबुवाले उनको पोर्नेग्राफीको संकलन नष्ट गरिदिएका थिए जसमा डेविडका सेक्स टोय पनि समावेश थिए । उनले आफ्ना आमा–बुवाबाट क्षतिपूर्तीको माग गर्दै मुद्दा ठोेकेका थिए । आमाबुवाविरुद्ध दर्ता गरेको मुद्दामा छोरा कै जीत भएको छ । अदालते उनका आमाबुवालाई क्षतीपूर्ती दिन आदेश दिएको छ । अदालतले भनेको छ, ‘तपाईं घरको मालिक त हुनुहुन्छ तर सामान नष्ट गर्ने अधिकार तपाईंलाई छैन ।’

सम्बन्धविच्छेद भएपछि आमा–बुवाको घरमा नै ती सामान छोडिदिएका थिएः

डेविड वर्किङ सम्बन्धविच्छेद भएको १० महिनासम्म मिशिगनका शेवन इलाकामा आफ्ना आमा–बुवासँग बसेका थिए । त्यसपछि उनी अगस्ट २०१७ मा इन्डियाना गए र त्यहाँ नै बस्न थाले । होल्याण्ड सेन्टिनल पत्रिकामा दिएको जानकारी अनुसार जब आमाबुवाको घर छोडेर इन्डियाना गए तब उनले पोर्नोग्राफी युक्त पत्रिका र फिल्मको शानदार केलक्सनलाई आफ्नो आमा–बुवाको घरमा नै छोडिदिए । तर जब उनी आमा–बुवाको घर फर्किए तब आफ्ना सामग्री नदेखेपछि उनलाई झट्का लाग्यो । डेविडका आमा–बुवा यी सबै अश्लिल सामग्री आफ्नो घरमा राख्न चाहँदैनथे र डेविडले यी सामग्री इन्डियाना लिएर जाउन् भन्ने पनि उनीहरुको चाहना थिएन । 

डेविड वर्किंगले आफ्ना आमा–बुवाले उनको सामग्री सन् २०१९ अप्रिललमा अवैध रुपमा नष्ट गरिदिएको भन्दै उनीमाथि मुद्दा दर्ता गरेका थिए । 

होल्यान्ड सेन्टिनल पत्रिकाका अनुसार डेविड र उनका पिताबीच भएको ई–मेलमार्फत् यो तथ्य सार्वजनिक भएको छ कि डेविडले जसलाई आफ्नो सामान बताइरहेका छन् त्यसको १२ वटा डिब्बामा पोर्नोग्राफी र दुईवटा डिब्बामा सेक्स टोयज थिए । डेविडका अनुसार त्यसमा १६ सयभन्दा बढी डिभिड र टेप थिए । एउटा मेलमा डेभिडका पिताले उनले यी सबै सामानबाट छुटकारा दिलाएर डेभिडमाथि ठूलो कृपा गरिदिएको बताएका छन् । 

डेभिडका आमाबुवाका वकिलले अदालतको निर्णयपछि जरिवाना रकम निर्धारित गर्नका लागि नेवाडाको कामुक विरासत संग्रहालयका एक विशेषज्ञलाई बोलाइएको जानकारी दिए । डेविडलाई पनि फेब्रुअरी मध्यसम्म नष्ट गरिएको सामानको मूल्यको रुपरेखा प्रस्तुत गर्नका लागि बोलाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप