Breaking : मन्त्रिपरिषद् बैठक बोलाइयो, संसद विघटनसम्मको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार ओलीले आइतबार बिहान १० बजेपछि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराइएको छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेको शीतलनिवास उच्च स्रोतले जनाएको छ ।
ओलीको यस्तो तयारीपछि नेकपाका नेताहरु नै सशंकित बनेका छन् । नेकपाका एक सचिवालय सदस्यका अनुसार ओली गैरसंवैधानिक जस्तोसुकै कदम चाल्न तयारी अवस्थामा रहेको बुझिएको छ ।
त्यसका लागि ओलीले संसद विघटन, मध्यवधि निर्वाचन र संकटकाल लगायतका विकल्पमा आफूनिकटका नेताहरुसँग परामर्श गरेको ती नेताले बताएका छन् । सोही उद्देश्यअनुरुप ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत हाइअर्लट बस्न निर्देशन गरिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म