शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५० वर्ष नाघेपछि प्रत्येक पुरुषले खानुपर्छ यी ६ खानेकुरा, विशेषज्ञले बताए फाइदा

आइतबार, ०५ पुस २०७७, ०९ : २१
आइतबार, ०५ पुस २०७७

ब्रिटिश न्यूट्रिशन फाउन्डेशनका अनुसार ५० वर्षभन्दा माथिका मानिसहरुको मेटाबोलिजम सिस्टम २० वर्षका व्यक्तिहरुको तुलनामा निकै सुस्त हुन्छ । त्यसैले उनीहरु फिट रहनका लागि असाध्यै कम क्यालोरीको आवश्यकता पर्छ । बढ्दो उमेरमा मानिसहरुमा उच्च रक्तचाप, मुटुरोग, मधुमेहको खतरा र प्रोस्टेट क्यान्सरको समस्या निकै बढ्ने गर्छ । विशेषज्ञका अनुसार ५० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुले आफ्नो खानामा केही विशेष खानेकुरा सामावेश गरेर यस्ता रोगको खतराबाट जोगिन सक्छन् । 

फ्याटी फिसः

फ्याटी फिसजस्तै साल्मनमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । यसले शरीरमा गुड कोलेस्ट्रोलको स्तरलाई बढाउँछ भने आन्द्रा सुन्निने लगायतको समस्या पनि कम हुन्छ जसका कारण क्यान्सरको खतरा कम हुनेगर्छ । 


अण्डाः

बढ्दो उमेरसँग मानिसहरुको मांसपेशी कमजोर हुन थाल्छ । अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो जसले हाम्रो मांसपेशीलाई बलियो बनाउने काम गर्छ । अण्डामा शरीरका लागि आवश्यक भिटामिन डी र ओमेगा थ्री फ्याटी एसिड पाइन्छ । यसमा चोलिन नामको एक विशेष पोषक तत्व पनि पाइन्ट जसले हाम्रो जिन्सलाई रेगुलेट गर्न मद्दत गर्छ । 

एवोकाडोः

आजकाल मानिसहरुमा कोलेस्ट्रोलको समस्या अत्यधिक बढेको छ । यसलाई नियन्त्रण गर्नका लागि तपाई हेल्दी फ्याटले भरपुर एभोकाडोको प्रयोग गर्न सक्नुहुन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै हृदय रोगको जोखिम पनि निकै कम गर्न मद्दत गर्छ । तौल घटाउन र सुन्निने समस्याबाट राहत पाउनका लागि पनि यो निकै फाइदाजनक छ । 

ब्लूबेरी वा स्ट्रबेरीः

बेरिजलाई फाइबरको सबैभन्दा राम्रो स्रोत मानिन्छ । फाइबर एउटा यस्तो पोषक तत्व हो जसले हाम्रो तौललाई पनि नियन्त्रणमा राख्छ । यसमा भएको एन्टिअक्सिडेन्टले कोसिकालाई खराब हुने समस्यादेखि छाला, मूत्राशय, फोक्सो र घाँटीको क्यान्सरको खतराबाट पनि जोगाउन सकिन्छ । यसलाई तपाईं सलाद वा दहीसँग मिसाएर पनि खान सक्नुहुन्छ । 

बदाम–ओखरः

पाका उमेरका मानिसहरुका लागि बदाम–ओखरलाई एउटा निकै राम्रो डाइट मानिन्छ । हड्डीलाई बलियो बनाउने बदाम प्रोटिन र स्वस्थ फ्याटले भरपुर हुन्छ । बदामका साथै ओखर पनि डायट्री फाइबरको एक उत्कृष्ट स्रोत हो जसले फ्याट कन्ट्रोल गर्ने जिन्सलाई एक्टिभेट गर्छ । यो हाम्रो दिमागलाई काम गराउनका लागि पनि एक उत्कृष्ट खान्की हो । यो उमेरका मानिसहरुले दैनिक ६ देखि १० वटा बदाम (एल्मोन्ड) र ३ देखि ४ वटा ओखर खानुपर्छ । 

चुकन्दरः

चुकन्दरमा नाइट्रेट नामको पोषक तत्व पाइन्छ जसले धैर्य शक्ति बढाउनुका साथै रक्तचाप पनि नियन्त्रणमा राख्छ । यसले मुटुलाई पनि स्वस्थ राख्न सहयोग गर्छ । यसमा अत्यधिक मात्रामा पोटासियम पाइन्छ जसले रक्तचापलाई नियन्त्रणमा राख्नुका साथै शरीरबाट नुनको अतिरिक्त मात्रालाई बाहिर राख्न मद्दत गर्छ । 

डाइट बाहेक के गर्ने ?

उमेर सँगै बढ्दो तौलले मुटुजन्य रोगको खतरा पैदा गर्छ । त्यसैले डाइट सँगै सक्रिय रहन निकै आवश्यक छ । आफ्नो शारीरिक शक्ति बढाउनका लागि नियमित व्यायाम गर्नुहोस् । रक्सी, चुरोटबाट टाढै रहनुहोस् । शरीरलाई हाइड्रेट राख्नुहोस् र दैनिक ७–८ घण्टाको पर्याप्त निद्रा पुर्याउनुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप