शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भगवान राम-जानकीको स्वयम्बर सम्पन्न, अब वैवाहिक कार्यक्रम

शनिबार, ०४ पुस २०७७, १९ : ३०
शनिबार, ०४ पुस २०७७

जनकपुर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ ।  जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदान बाह्र बिघामा पुगेर स्वयम्बर विधि सम्पन्न भएको छ ।

राम मन्दिरको डोला मन्दिरका महन्त राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्त रामतपेश्वर दास वैष्णवले गरेका थिए ।

रंगभूमी मैदान पुगेका अन्य मन्दिरहरुको डोलासँगै भगवान रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयम्बर सम्पन्न भएको छ ।

जानकी मन्दिर परिसरमै राति राम जानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न हुनेछ ।

वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्त राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गर्ने छन् । वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं श्रृङगारिएको छ ।

त्यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको छ । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम हुनेछ ।

यस वर्ष कोरोना महामारीका कारण सबै धार्मिक विधि एवं कार्यक्रमलाई औपचारिकतामा मात्र सिमित भएको छ । विवाहपञ्चमीको रौनकतामा समेत केहि ह्रास आएको देखिएको छ ।

यस वर्ष भारतको अयोध्याबाट वा नेपालकै ठोरीबाट जन्ती आउने हुन् की अड्कललबाजी गरिरहदाँ जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले वर्षौदेखिको परम्परामाथि कोरोना महामारीको कारण देखाउदै अनौपचारिकतामै सिमित गरिएकोले अन्य वर्षको तुलनामा यस वर्ष विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालु भक्तजनहरुको समेत उपस्थिति न्यून देखिएको जनकपुरधाम वडा नम्बर १० बस्ने यूवा अभियन्ता सुशिल कर्णले बताए ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने यस महोत्सवको अवसरमा यसपटक कोरोनाका कारण जनकपुरमा खासै चहलपहल देखिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप