बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राप्रपाले उपत्यकामा पुस १७ गते प्रदर्शन गर्ने

शनिबार, ०४ पुस २०७७, १६ : २९
शनिबार, ०४ पुस २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

 शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना हुनुपर्ने बताए । पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको उनले बताए । 

 राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको उनले बताए । 

यस्तै अहिलेको बुहमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनरस्थापना गर्न दवाव दिन पनि आन्दोलन आवश्यक रहेको बताए ।
अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताए । 

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अव हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप