बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको ऊर्जा विभागमा अहिलेसम्मको ठूलो साइबर हमला

शनिबार, ०४ पुस २०७७, ०७ : ४२
शनिबार, ०४ पुस २०७७

अमेरिकाको ऊर्जा विभागले आफूमाथि हालसम्मको सबैभन्दा ठूलो ऊर्जा हमला भएको जानकारी दिएको छ । 

यो विभाग अमेरिकाको परमाणु हतियारको रेखदेखका लागि जिम्मेवार छ । यद्यपि, विभागले हतियारको भण्डारको सुरक्षामा यो ह्याकिङको कुनै पनि प्रभाव नपरेको स्पष्ट जानकारी दिएको छ । 

टेक कम्पनी माइक्रोसफ्टले पनि बिहिबार आफ्नो सिस्टममा एक खतरनाक सफ्टवेयर पाइएको जानकारी दिएको छ । 

यो साइबर हमला रुसले गरेको हो कि भन्ने आशंका गरिएको छ । तर रुसले स्पष्ट रुपमा अस्विकार गरेको छ । 

गत आइतबार अमेरिकाको ट्रेजरी एण्ड कमर्स डिपार्टमेन्टमा साइबर हमलाको जानकारी सार्वजनिक भएको थियो । अधिकारीका अनुसार लगभग एक महिनादेखि यो साइबर हमला जारी भइरहेको थियो जसबारे आइतबार पत्ता लाग्न सकेको थियो । 

यो साइबर हमलामा अहिलेसम्म राष्ट्रपति ट्रम्पको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । 


मार्च २०२० मा सुरु भयो साइबर अट्याकः

यस्तै, नव निर्वाचित राष्ट्रपति जो बाइडेनले साइबर सुरक्षालाई आफ्नो प्रशासनको सबैभन्दा ठूलो प्राथमिकता बताएका छन् । 

बाइडेनले भने, ‘सबैभन्दा पहिले हामीले आफ्नो विरोधीलाई साइबर हमलाबाट रोक्नुपर्नेछ । हामी यस्तै गर्नेछौं र यो हाम्रो प्राथमिकता हुनेछ । यस्तो प्रकारको हमला गर्नेहरुले भारी मूल्य चुकाउनु पर्नेछ र यसका लागि हामी आफ्ना सहयोगी र साथी देशसँग साँठगाँठ गरेर पनि लागू गर्नेछौं ।’

अमेरिकाको सबैभन्दा ठूलो साइबर एजेन्सी साइबर सेक्युरिटी इन्फ्रास्ट्रक्चर एजेन्सी (सीसा)ले बिहिबार यो साइबर हमलासँग जुध्न निकै जटिल र चुनौतीपूर्ण हुने बताएका छन् । 

सीसाका अनुसार यो हमलाले महत्वपूर्ण आधारभूत ढाँचा क्षतिग्रस्त भएको थियो । फेडरल एजेन्सी र नीजि क्षेत्रका कम्पनीको सुरक्षामा क्षती पुगेको छ र यस्तो क्षतीले गम्भीर खतरा निम्त्याउने गर्छ । 

सीसाका अनुसार यो ह्याकिङ मार्च २०२० देखि नै सुरु भएको थियो र यसको पछाडि जति मानिसहरुले छन् उनीहरुले धैर्य, परिचालन सुरक्षा र जटिल ट्रेडक्राफ्टसहित यसलाई निष्कर्षमा पुर्याएका छन् । 

एजेन्सीले अहिलेसम्म यो हमलामा कस्ता सूचना चोरियो भन्ने जानकारी पत्ता लगाउन सकेको छैन । 

ऊर्जा विभागमा हमलालाई सम्बोधित गर्दै प्रवक्ता शायलिन हाइन्सले म्यालवेयरले बिजनेस नेटवर्कलाई मात्र क्षती पुर्याएको बताएका छन् । 

उनका अनुसार परमाणु हतियारको सुरक्षाका लागि जिम्मेवार नेशनल न्यूक्लियर सिक्योरिटी एडमिनिस्ट्रेशन अथाएत् एनएनएसएको सुरक्षा अपरेशनमा कुनै क्षती पुगेको छैन । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप