शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै हप्तामा एक लाख ६७ हजार भन्दा बढी संक्रमित

शनिबार, ०४ पुस २०७७, ०७ : १७
शनिबार, ०४ पुस २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो एकसातामा एक लाख ६७ हजार ७३१ जना नयां संक्रमित थपिएका छन् । गत नोभेम्बरबाट कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेलायतमा अहिलो कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गैरहेको छ । शुक्रबार साँझसम्मको तथ्याँक अनुसार  पछिल्लो २४ घन्टामा मात्र थप २८ हजार ५०७ जना नयाँ  संक्रमित थापिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १९ लाख ७७ हजार १६७ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि खासै कमि आएको छैन । बितेको २४ घन्टामा थप ४८९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जानेको छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण ६६ हजार ५४१ जनाको मृत्यु भैसकेको छ । एकसाताभित्र मात्र तीन हजार १६० जनाको मृत्यु भएको स्वास्थ्य विभागले उल्लेख गरेको छ ।

कोरोना संक्रमण र मृत्युदर बढेसँगै हस्पिटल भर्ना हुनेको संख्यामा पनि वृद्धि भएको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जानकारी दिएको छ । कतिपय हस्पिटलहरुमा बेद अभावका कारण संक्रमितलाई अन्यत्र पथाउना थालिएको समाचार माध्यमले जनाएको छ । अहिले दैनिक एक हजार सात सय भन्दा बढी मानिसहरु हस्पिटल भर्ना भैरहेका छन् भने १८ हजार भन्दा बढीको हस्पिटलमा उपचार भैरहेको छ । एक हजार ३४० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि क्रिसमसपछि फेरि देशव्यापी लकडाउन हुन सक्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संकेत गरेका छन् । हाल लन्डनमा कडा प्रतिबन्धसहितको तेस्रो चरणको लकडाउन लागू गरिएको छ । कोरोना संक्रमणका कारण  विश्वभर १६ लाख ७४ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने ७ करोड ५६ लाख ४१  हजार भन्दा  बढी संक्रमित भएका छन् । यसैगरी ५ करोड ३० लाख  ८९ हजार भन्दा बढी मानिसहरु संक्रमणमुक्त भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप