भारतमा जनवरीबाट कोरोना खोप लगाउन सुरु गरिने

एजेन्सी । भारतमा जनवरीबाट कोरोना खोप लगाउन सुरु गरिने भएको छ । त्यहाँको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार जनवरी सुरुदेखि कोरोना खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य विभागका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा बीबीसीलाई भनेका छन् कि आगामी केही हप्ताभित्रै भ्याक्सिन बनाउने कम्पनीहरुले औषधी नियामक निकायबाट तत्काल भ्याक्सिन प्रयोगको स्वीकृति लिन सक्ने तयारी गरिरहेका छन् ।
दुई कम्पनीले भने भयक्सिनको आपतकालीन प्रयोगका लागि आवेदन दिइसकेका छन् भने अन्य ६ कम्पनीहरुले खोप क्लिनिकल परीक्षण भइरहेको जनाएका छन् । खोप अभियान अन्तर्गत आगामी अगष्ट सम्म ३० करोड जनतालाई भ्याक्सिन दिइने तयारी गरिएको जनाइएको छ ।
भारतमा कोरोना संक्रमितहरुको संख्या एक करोड पुग्न लागेका छन् । संक्रमणका कारण हालसम्म एक लाख ४ हजार ४ सय ४४ जनाको मृत्यु भैसकेको छ । यद्यपि, भारतमा नयाँ संक्रमितहरुको संख्या घट्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ