बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपभोक्ता ठगेको आरोपमा पेट्रोल पम्पलाई कारवाही

शुक्रबार, ०३ पुस २०७७, २० : ०५
शुक्रबार, ०३ पुस २०७७

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आकाश जोगिनी इन्टरप्राइजेज (पेट्रोल पम्प) सामाखुशीलाई कारवाही गरेको छ ।   पम्पको सील तोडेर उपभोक्तालाई ठगी गरेको भन्दै कार्यालयले पम्पलाई कारवाही गरेको हो । 

कार्यलयका प्रमुख मनिषकुमार दासले पेट्रोल पम्पमा सील तोडेपछि घटी र बढी बेच्न मिल्ने बनाएर उपभोक्ता ठगी गरेकाले कारवाही गरिएको जानकारी दिए ।  कार्यालयले पेट्रोल पम्पको नोजल सिल गर्नुका साथै पेट्रोल तथा डिजेल विक्रिवितरणसमेत रोक लगाएको छ । 

पेट्रोल पम्पका सञ्चालक पुरुषोत्तम मानन्धरले पम्पबाट पेट्रोलियम पदार्थ चुहावट भएपछि नापतौलको टोली बोलाएर परीक्षण गर्दा सील तोडिएको पाइएको जानकारी दिए । नापतौल ऐन, २०२५ को दफा ३० (३) मा सील तोडेर उपभोक्ता ठगी गर्नेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवना गर्ने व्यवस्था रहेको छ ।

उक्त कार्यालयले चालू आर्थिक वर्षमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेको भन्दै दुई हजार ७०८ व्यवसायीलाई कारबाही समेत गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप