शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थापाको नेतृत्वमा पर्यटन व्यवसायी महिला सङ्घको नयाँ नेतृत्व

शुक्रबार, ०३ पुस २०७७, १९ : १४
शुक्रबार, ०३ पुस २०७७

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को तेस्रो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । 

सङ्घको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी र कोषाध्यक्षमा शोभा अधिकारी पौडेल  रहेका छन् । त्यस्तै सदस्यहरूमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का (भट्टराई), शान्ता तिमल्सिना (सुवेदी) र सरिता क्षेत्री रहेका छन् ।


यसअघि साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना कहरका कारण समस्यामा परेको पर्यटनलाई जोगाउनु अहिलेको आवश्यकता भएको बताए । 

व्यवसायलाई दीगो राख्न सरकारले ल्याएको मौद्रिक नीतिको समानुपातिक एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको उनले उल्लेख गरे। 

टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ महिला पर्यटन व्यवसायी सङ्गठित बनेको बताए । कोरोनाको कहरले पर्यटन क्षेत्रमा अतुलनीय क्षति पु¥याए पनि आगामी दिनका लागि धेरै पाठ सिकाएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेल, पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचन, टेवानका उपाध्यक्ष रेनु थापा, महासचिव कमला गिरीलगायतले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनःउत्थान गर्नु अहिलेको आवश्यकता भएकामा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप