क्युबाका राष्ट्रपतिद्वारा बाइडेनसँग वार्ता प्रस्ताव

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् । क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको बताए ।
गत अक्टोबरमा चुनावी प्रचारका क्रममा बाइडेनले अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताएका थिए । तर उनले क्युबा नीति कहिले जारी गर्ने र त्यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा अझै केही बताएका छैनन् ।
बाइडेनले यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गर्नुभएका विप्रेषण प्रवाह र क्युबाको भ्रमण सम्बन्धी नीतिहरु खारेज गर्ने बताइसकेका छन् ।
गत नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै क्युबाका राष्ट्रपति कनेलले ट्वीट गर्दै चुनाव मार्फत अमेरिकी जनताले परिवर्तन चाहेको बताएका थिए । उनले आआफ्ना मुलुकका मतभिन्नतालाई सम्मान गर्दै रचनात्मक द्वीपक्षीय सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारपाकीले बिर्सन नसकेका भूकम्प
-
भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड
-
स्कटल्यान्डमा हुने ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि आवेदन आव्हान
-
आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री
-
महाभूकम्पको एक दशकपछि यस्तो बन्यो लाप्राक नमुना बस्ती (तस्बिरहरू)
-
रियल म्याड्रिड छाडेर ब्राजिल जाने तयारीमा प्रशिक्षक कार्लो एन्सेलोट्टी