कोरोना भ्याक्सिन समयमै ल्याउँछौं, निःशुल्क लगाउँछौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भ्याक्सिन समयमै ल्याएर निःशुल्क रुपमा वितरण गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीहरुसँग भेट गर्दै अर्थमन्त्री पौडेलले भ्याक्सिजको आयातमा स्रोत अभाव हुने र त्यसमा नागरिकको दायित्व नरहने बताएका हुन् ।
पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निस्शुल्क परीक्षण र उपचार गरे जसरीनै कोरोना भ्याक्सिनमा समेत खर्च राज्यले व्यहोर्ने बताए । उनले विश्वमा सफल परीक्षण भएका भ्याक्सिन ल्याउनेबारे कुटनीतिक संवाद थालिसकेको समेत बताए ।
‘ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात हुन्छ । यसका लागि हामीले कुटनीतिक संवाद जारी राखेका छौं । भ्याक्सिनको आयातका लागि तयार भएर बस्छौं’ पौडेलले भने ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका व्यक्तिहरु र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहने उनको भनाई थियो ।
पौडेलले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागिपरेको समेत बताए । ‘अर्थतन्त्रलाई सबल, सक्षम र गतिशील बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छु,’ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’
-
राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट
-
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश, छलफलका लागि बोलाइयो
-
बजेटमा निजी क्षेत्रको माग : खाडीमा पानी बेचेर करोडौँ विदेशी मुद्रा नेपालमा भित्र्याऔँ