अरब आन्दोलनका १० वर्ष : फेरियो नेतृत्व, फेरिएन जनस्तर

person explore access_timeपुस ३, २०७७ chat_bubble_outline0

जब सन् २०१०, डिसेम्बरमा ट्युनिसियाको सिदी बोजिदमा सरकार विरोधी प्रदर्शन सुरु भयो, तब जाकरिया हम्दी यसमा सहभागी भए । २० वर्ष कटेका यी बेरोजगार युवामा अन्य युवाहरुजस्तैै निराशा र क्रोधको समान समिश्रण थियो, त्यहीकारण राज्यको चरम दमनको जोखिमका बाजबुद पनि उनी सडकमा ओर्लिएका थिए । 

‘सिदी बुजिदमा बसोबास गर्ने मेरो उमेरका ९० प्रतिशत मानिस यस्तै अवस्थामा थिए,‘हम्दीले भने । ‘हामी विश्वविद्यालय त गयौं, तर क्याफेमा बस्दा कफी वा सिगरेटको पैसा तिर्न आफूलाई असमर्थ पायाैं, त्यसैले राज्यले पनि हामीलाई परजीविका रुपमा सोच्यो,’ उनले भने । १७ डिसेम्बरमा सडकमा सामान बेच्ने मोहम्मद बौजादीजी नामका एक व्यापारी युवाले आत्मदाह गरेपछि सिदी बुुजिदमा आन्दोलन चर्कियो ।  

चोटका कारण केही साताभित्रै बुुआजायजीको निधन भयो । तर, उनले आफ्नो शरीरमा लगाएको आगो ट्युनिसियाभर फैलियो । भ्रष्टाचार, असमानता, बेरोजगारीलगायतको विरोध गर्दै सत्ताविरोधी प्रदर्शन भयो । ‘हामीले अन्य व्यक्तिसँग हामीभन्दा धेरै सुख र जीवनका आशाहरु छन् भन्ने देख्यौं,’ हाम्दीले भने, ‘बुुआजायजीले पनि यस्तै देखेका थिए । उनी हामीजस्तै युवा थिए र आफ्नो परिवारका लागि केही गर्न चाहन्थे । तर प्रहरी उनको बाटोमा उभियो र त्यसपछिको तनावले उनलाई आत्मदाहको अवस्थामा पुु¥यायो ।’

यस जनप्रदर्शनपछि राष्ट्रपति जिन इल अविदिने बिन अली जनवरीमा राजीनामा गर्न बाध्य भए । इजिप्ट, सिरिया, यमन, लिबियालगायत अरब क्षेत्रका अन्य देशमा पनि आन्दोलनको आगो सल्कियो, जसलाई अहिले ‘अरब स्प्रिङ’ भनिन्छ । धेरैको आँखामा यस क्षेत्रमा चलेका सरकार विरोधी प्रदर्शनहरु भ्रष्टाचार, आर्थिक कठिनाइ, असमानता र राज्यको अक्षमताका कारण सिर्जित उच्च बेरोजगारीदरको अस्विकारोक्ति थियो । 
ट्युनिसियाबाट अन्य देशहरुमा पनि आन्दोलन तीव्र रुपमा फैलिएको देखेर केही पर्यवेक्षकहरु अचम्मित थिए । विशेषगरी, ती देशहरुमा स्थिरता छ भनेर सोच्ने अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरु राजनीतिक उथलपुुथल देखेर छक्क परेका थिए । 

औषत ५ प्रतिशत वार्षिक जिडिपी वृद्धिदर र एक उच्च शिक्षित जनसंख्या रहेको ट्युनिसियालाई एक स्थिर अर्थव्यवस्था मानिएको थियो । इजिप्टमा असमानता रहेकोमा थोरै सन्देह थियो, आयको असमानता नाप्ने गिनीको इफिसियन्टले गरेको मापनअनुसार सन् २००० मा ३६ दशमलव १ प्रतिशतमा रहेको आर्थिक असमानता २००९ मा आइपुुग्दा ३० दशमलव ७ प्रतिशतमा झरेको थियो । 

ट्युनिसियाका राजनीतिक विश्लेषक मोहम्मद धिया हम्मामीका अनुसार ट्युनिसियाको आर्थिक तथ्याङ्क यथार्थ थिएन । ‘क्रान्तिपछि गरिएको एक अर्को मूल्याङकनअनुसार बेन अलीको शासनताका गरिबीको स्तरलाई २० प्रतिशतभन्दा कम देखाइएको थियो,’ हम्मानीले भने । बेन अलीको शासन समाप्त हुनभन्दा केही दिनअघि,जतिबेला सडकमा प्रदर्शन भइरहेको थियो, त्यतिबेला विश्व बैंकले एक रिपोर्ट प्रकाशित गर्दै ट्युुनिसियाको उदाहरणलाई यस क्षेत्रका अन्य देशले अनुुशरण गर्नुपर्ने जनाएको थियो । आफूलाई धेरै जानकारी भएको ठान्ने व्यक्तिहरु तथा किनारामा छौं भनेर सोच्ने कुलिनहरुले यी रिपोर्ट नियालिरहेका थिए । 

उनीहरुलाई बजार उदारिकरणले काम गरेको र सबै ठिकठाक छ भन्ने लागेको थियो । बेन अलीको दुुई दशक लामो कार्यकालमा २ सयभन्दा धेरै उद्योगहरुलाई निजीकरण गरियो । पूर्वराष्ट्रपति हाबिब बाउर्गुुइवाका नीतिहरुलाई कमजोर बनाइयो । ‘बेनका यस्ता नीतिहरुलाई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष तथा युरोपेली युनियनसम्मले पनि प्रोत्साहन गरेका थिए,’ हम्मामी भन्छन् । हम्मामीको बुुझाइमा ट्युनिसियाको नवउदारीकरण नीति अस्थिर जागिर सिर्जना हुनुका मुख्य कारण थियो, यस्ता जागिरमा धेरै जनतालाई आकर्षण थिएन । ‘ती जागिरहरु प्राय कम क्षमताका जागिर थिए, जबकी उच्च क्षमता भएका मानिसहरुको संख्या बढ्दै थियो । यसकारण ब्रेन–ड्रेनको अवस्था सिर्जना भयो । उच्च क्षमता भएका मानिसहरुले जागिर छाड्न थाले र पछाडि पारिएकाहरु सकडमा परिवर्तनको माग राख्दै आन्दोलनमा उत्रिए,’ हम्मामी भन्छन् । 

मध्यपूर्व र उत्तर अफ्रिकामा युुवा बेरोजगारी २००८ मा झन्डै २५ प्रतिशत थियो, जबकी विश्वको औसत बेरोजगारीदर यतिबेला १५ प्रतिशतमुुनी थयो । विश्वविद्यालयको शिक्षा पूरा गरेका युवाहरुमाझ बेरोजगारी दर उच्च थियो । देशको ठूलो संख्याका युवाहरुमाझ करियर बनाएर आफू तथा आफ्नो परिवारको भविष्य सुरक्षित गर्नका लागि थोरैमात्र अवसर थिए । ब्रुुकिङ्स दोहा सेन्टरका निर्देशक नादर काब्बानी धेरैजसो अरब देशहरुमा आफ्ना सहयोगी नेकवर्क र क्रोनि (निकट सहयोगी) पुुँजिवादीहरुको भरणपोषणका लागि नवउदारवादी सुधारहरुलाई लागुु गरिएको आरोप लगाउँछन् ।
 

‘अन्ततः स्वतन्त्र व्यापार अर्थतन्त्र होइन, लगानीलाई पुरस्कृत गरेर बढ्न नदिने विकृत अर्थतन्त्र लागू भयो । नतिजा, धेरैजसो अर्थतन्त्रहरुले आवश्यक रोजगारी सिर्जना गर्न सकेनन्,’ काब्बानीले भने,‘मानिसहरुले धेरै मेहिनत गरिरहेका थिए । तर, फाइदा पाएजस्तो अनुुभव गरिरहेका थिएनन् । यही समय उनीहरुले अन्य व्यक्तिहरुले पैसा कमाइरहेको देखेँ । इजिप्टमा तपाईंले झन्डै ठूला शहरहरुको संख्या बराबरको ठूलो समुदायलाई नै बाँकी देशबाट अलग राखिएको देख्नुुभयो । मानिहरुले हुुने र नहुनेबीचको यो अवारोध देखेनन् भनेर कल्पना गर्न कठिन छ । आजका दिनसम्म पनि यो जारी छ ।’

क्षेत्रीय तनाव 
अरब आन्दोलन नियाल्ने हो भने प्रत्यक देशको आन्तरिक परिस्थिति फरक छ र यसलाई एकै रुपमा हेर्न हुँदैन । यद्यपी, सम्भ्रान्त वर्ग धनी हुँदै जाने र आम व्यक्तिहरुको आर्थिक कठिनाई बढ्दै जाने विषयलाई भने साझा रुपमा लिन सकिन्छ । यस क्षेत्रका गरिब देशहरुमध्ये एक यमनमा भएको २००७ को प्रदर्शन अवकाशप्राप्त त्यस्ता सैन्य अधिकारीहरुको संघर्षको उपज थियो, जसलाई राष्ट्रपति अब्दुल्लाह सालेहको संरक्षणबाट बन्चित गरिएपछि उनीहरु त्यहाँ फर्कन असमर्थ भएका थिए । अन्त्यमा यो आन्दोलन विभाजनकारी आन्दोलनमा परिणत भयो । 

इजप्टिमा  २००७ देखि २०११ सम्म पूूर्व राष्ट्रपति होस्नी मुुबारक आफ्ना छोरा गमलको भावी नेतृत्वलाई स्थापित गराउनका लागि केन्द्रीत थिए, यस अवधिमा खाद्यान्नको मूल्य दोब्बर भइसकेको थियो । यस्ता अर्थ–सामाजिक परिस्थिति जसले १० वर्षअघि अरब आन्दोलनको आधार तयर गरेका थिए, यी प्रश्नहरु अहिले पनि अनुुत्तरित नै छन् । 

लिबिया, सिरिया र यमन भयावह युद्धबाट ग्रस्त छन् । इजिप्टमा प्रजातन्त्र फक्रन सकेको छैन र अधिकारवादीहरुले मानव अधिकार संकटको चेतावनी दिइरहेका छन् । 
ट्युनिसियालाई कथाको उज्यालो पाटोका रुपमा हेरिन्छ । यहाँ लोकतान्त्रिक तवरले सत्ता हस्तान्तरण भयो र वाक स्वतन्त्रता बढेको छ । तर ट्युनिसियालीहरुले आफ्ना नेतालाई मतदान गर्न पाएपनि जुन मुद्दाले आन्दोलन उठाएको थियो, ती प्रश्न कायमै छन् । ‘यदी तपाईं क्रान्तिअघि सिदी बुुजिद जानुुभएको थियो र अहिले फर्किएर आउनुुहुन्छ भने तपाईंले केही परिवर्तन भएको देख्नुुहुनेछैन,’ अझै यही शहरमा बसिरहेका हम्दीले भने,‘बेरोजगारी बढेको छ । राजनीतिज्ञहरुले धैर्य गर्न भनेका छन् र मानिस कति समयसम्म धैर्यतामा बस्नसक्छन् । २०१० को नारा काम, स्वतन्त्रता र राष्ट्रिय स्वाधीनता थियो । अहिले ट्युुनिसियाली जनताको सपना एउटा ग्यासको भाँडो र आफ्ना बच्चाहरुका लागि एक टुक्रा रोटी हो ।’ 

-अलजजिराबाट 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।