अमेरिकामा साइबर आक्रमणले गम्भीर खतरा उत्पन्न, महत्वपूर्ण सूचना चोरी

ह्याकरहरुका कारण सरकार, महत्वपूर्ण भौतिक पूर्वाधार र निजी क्षेत्रमा गम्भिर खतरा उत्पन्न भएको चेतावनी अमेरिकी अधिकारीहरुले दिएका छन् ।
यसै साता अमेरिकामा एउटा ठूलो ह्याकिङ अभियान सञ्चालन भइरहेको खुलेको थियो । अधिकारीहरुका अनुसार अमेरिकी अर्थ र वाणिज्य विभागहरुमा पनि ह्याकरहरुले आक्रमण गरेका छन् । अमेरिकी साइबर सेक्युुरिटी तथा पूर्वाधार सुरक्षा एजेन्सी (सिआईएसए) ले यो आक्रमण ‘अत्याधिक जटिल’ हुने जनाएको छ ।
यस आक्रमणको पछाडि रुस सरकारको संलग्नता रहेको अधिकांशको शंका छ, यद्यपि, रुसले यस आरोपलाई निराधार भन्दै खण्डन गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै सिआईएसएले सरकारी एजेन्सी, महत्वपूर्ण पूर्वाधार र निजी संस्थाहरुलाई निधानामा पारिएको जनाएको छ । विज्ञप्तिअनुसार यस्तो आक्रमणको सुरुवात कम्तिमा मार्च २०२० देखि भएको थियो । आक्रमणकारीको पहिचान भने सिआईएसएले भने गरेको छैन ।त्यस्तै, कस्ता एजेन्सी वा संस्थाहरुमा क्षति पुग्यो र कस्ता सूचना चोरियो र बाहिर ल्याइयो भन्ने पनि खुलाइएको छैन ।
यता, अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो प्रशासनले साइबर सेक्युुरिटीलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् । ‘पहिलो कुरा, हामीले हाम्रा शत्रुहरुलाई हाम्रोमा महत्वपूर्ण साइबर आक्रमणहरु गर्नबाट अवरोध गर्ने र रोक्ने काम गर्नुपर्छ,’ बाइडेनले भनेका छन्,‘हाम्रा साझेदार र सहयोगीहरुसँगको समन्वयमार्फत हामी यो गर्नेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिकले सवारी चालकको चाबी थुत्न मिल्छ ? यस्तो छ उच्च अदालतको व्याख्या
-
शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल
-
जापानमा तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित
-
युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न