बरुण हाइड्रोपावरको सेयर फुकुवा, आइतबारबाट कारोबार
शुक्रबार, ०३ पुस २०७७, ११ : ११
बरुण हाइड्रोपावरको सेयर कारोबार फुकुवा भएको छ । फुकुवा भएको सेयर कारोबार भने आइतबारबाट शुरु हुनेछ ।
बरुण हाइड्रोपावरलाई लाभांश सम्बन्धी निर्णय समयमा उपलब्ध नगराएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेर कारोबार रोक्का गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्जसँग अब उप्रान्त यस्ता कमजोरी नगर्ने बताएपछि बरुणलाई कारोबार फुकुवा गर्न अनुमति दिइएको हो ।
कम्पनीको मंसिर २८ गते आइतबार १ बजे बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी ढिला गरी उपलब्ध गराएको भन्दै नेप्सेले कारोबार स्थगन गरी स्पष्टीकरण सोधेको हो ।