मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दरबारमार्गको लाउन्जमा जुवाखाल, दुई महिलासहित ८ पक्राउ

शुक्रबार, ०३ पुस २०७७, १० : ५९
शुक्रबार, ०३ पुस २०७७

काठमाडौं । दरबारमार्गस्थित लाउन्जबारमा जुवा खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारमा जुवा खेलिरहेका दुई महिलासहित ८ जनालाई महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लाउन्जका शेयरधनी प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ छन् ।

जुवाखालबाट ५ लाख १८ हजार बरामद गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए । उनिहरुलाई जुवा मुद्दामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप