बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुहारी ऐश्वर्या रायको यो बानी मन पराउँदिनन् श्वेता बच्चन

शुक्रबार, ०३ पुस २०७७, १० : २७
शुक्रबार, ०३ पुस २०७७

श्वेता बच्चन र ऐश्वर्या राय बच्चनबीच निकै राम्रो सम्बन्ध छ, यसमा कुनै शंका छैन । यद्यपि, सोसल मिडियाम यो बन्डिङ खासै राम्रो देखिँदैन । ऐश्वर्या आफूलाई इन्टरनेटबाट टाढै राख्न रुचाउँछिन्, यस्तै श्वेता पनि कमै सक्रिय रहन्छिन् । उनीहरुलाई कहिलेकाँही बाहिर सँगै घुमिरहेको देख्न सकिन्छ । दुबैका लागि एक–अर्काको मनमा निकै इज्जत र प्रेम छ तर श्वेताको मनमा ऐश्वर्याका लागि एउटा गुनासो छ । ‘कफी विद करन’ को एक एपिसोडमा श्वेताले बुहारीको एउटा बानीलाई खराब बताएकी छिन् । 

सन् २०१९ मा श्वेता बच्चन आफ्ना भाइ अभिषेक बच्चनसँग कार्यक्रममा उपस्थित भएकी थिइन् । दुबैले एक अर्काको काम, सहकर्मीसँगको सम्बन्ध, पारिवारिक विषयमा कुराकानी गरे । 

कार्यक्रमको र्यापिड फायर राउन्डमा करनले श्वेतालाई ऐश्वर्याको मननपर्ने एउटा बानीबारे सोधे । यसको जवाफमा उनले भनिन्, ‘उनी स्व निर्मित, साहसी र निडर महिला हुनुका साथै एक उत्कृष्ट आमा पनि हुन् । तर मलाई उनको एउटा बानी मनपर्दैन । उनी समयमा फोन फिर्ता गर्दिनन् । उनको समयको व्यवस्थापन राम्रो छैन ।’

त्यस्तै श्वेताको नजिकै बसिरहेका अभिषेक बच्चनलाई पनि त्यहि प्रश्न सोधियो । यसको जवाफमा अभिषेकले भने, ‘म ऐश्वर्यालाई प्रेम गर्छु किनभने उनले मलाई प्रेम गर्छिन् । तर उनी सामान प्याक गर्ने कुरामा असाध्यै खराब छिन् । यो कुरा मैले सहिरहेको छु ।’

यसका साथै उक्त कार्यक्रममा करन जोहरले अभिषेकलाई आमासँग डर लाग्छ कि श्रीमतीसँग भनेर पनि प्रश्न सोधे । प्रश्न भुइँमा खस्न नपाउँदै श्वेताले उत्तर दिइन्, ‘श्रीमतीसँग ।’

अभिषेक र ऐश्वर्याको सन् २००७ मा विवाह भएको हो । यी दुईका आराध्या नामकी छोरी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप