बीबीसी मास्टर सेफमा उप बिजेता बनेका सन्तोष शाहले भने, ‘नेपाली खानालाई विश्वसामू चिनाउनु नै ठूलो विजय हो ’

लण्डन । विगत केहि हप्तादेखि चल्दै आएको विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ ।
प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् । बिहिबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा तीनजना सेफहरुबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त ग्रान्ड फिनालेको प्रतियोगितामा उनले नेपाली ढाकाटोपी लगाएर सहभागिता जनाएका थिए । प्रतियोगितामा दुईजना प्रतिस्पर्धीहरुलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ उपाधि हात पारेका छन् ।
३२ जना चर्चित सेफहरुबाट सुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ सन्तोष शाहले विभिन्न मौलिक नेपाली परिकारहरु विश्वमाझ चिनाउन सफल भएका छन् । नेपाली खाना लिएर विश्व प्रतिष्ठित टिभी रियालिटी शो मा जाने सन्तोष एकमात्र नेपाली हुन् ।
आफू विजेता नभएपनि विश्वसामू नेपाली खाना पुर्याएर विदेशी एवम् नेपालीको मन जित्न सफल हुनु नै सबैभन्दा ठूलो सफलता भएको सन्तोषले बताए ।
कार्यक्रमको सुरुमा सेफ सन्तोषसँग सम्बन्धित भिडियो क्लिप पनि देखाइएको थिई । जुन क्लिपमा सन्तोषको जन्मथलो सिरहालाई समेत समेटिएको थियो । साथै उनले नेपाली झण्डा समेत फहराएका छन् ।
बिहिबारको प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदीलगायतका नेपाली परिकारलाई चरेसको थालमा पस्किएका थिए । यसका साथै नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए ।
नेपाली खानालाई निकै आकर्षक ढंगले प्रस्तुत गरेका सन्तोषले यस अघिका विभिन्न चरणमा उत्कृष्ट प्रदर्शनी गर्दै आएका थिए ।
बुधबारको एपिसोडमा आफूले सबैभन्दा बढी माया गर्ने व्यक्तिको लागि खाना बनाउनुपर्ने राउन्डमा आफ्नी आमाको सम्झनास्वरूप पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा र गंगटाको ‘करी’ अन्जिर र अदुवा भरेको चिप्ले भिन्डी, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद बनाएर टप ३ मा पर्न सफल भएका थिए ।
सन्तोषले यस अघि विभिन्न नेपाली परिकारहरु टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, भेडाको पोलेको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार, पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् । इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेको सन्तोषले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा
-
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
-
ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?
-
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ
-
अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल