बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धुलो– राम्रो कि नराम्रो ?

शुक्रबार, ०३ पुस २०७७, ०४ : ५२
शुक्रबार, ०३ पुस २०७७

बेस्सरी हावा चल्दा धुलो उडने गर्छ । यसरी कहिले काहीँ हिँडिरहेको बेला धुलो आँखामा परेर हिँड्नै गाह्रो पर्ने गर्छ । यसले हाम्रो लुगालाई पनि मैला पार्ने गर्छ । त्यही भएर हामी धेरैलाई धुलो मन पर्दैन । हामी कहिले काहीँ संसारमा धुलो नै नहोस् भनेर पनि कामना गर्ने गर्छौं । के धुलो वास्तवमै नराम्रो हो त ? यसले के हानि मात्रै गर्छ त ?

यी प्रश्नहरुको उत्तर दिनु भन्दा पहिले हामीले धुलो कसरी पैदा हुन्छ भन्ने कुरा जान्नु जरुरी छ । धुलो ढुंगाको स–साना कण, मरेको जनवारहरुका नसडेको कण, समुद्रको नुन, ज्वालामुखीको खरानी आदि इत्यादि वस्तुहरुबाट बनेको हुन्छ । यिनीहरु निकै साना भएको हुनाले एकदमै हल्का हुने गर्छन् । यिनीहरुलाई हावाले पनि सजिलै एक ठाँउबाट अर्को ठाँउमा उडाएर लान सक्छ ।

धेरै कुराको लागि धुलो राम्रो वा फाइदाजनक होइन । यसले विभिन्न रोगहरुका किटाणुहरुलाई बोक्ने गर्छ । विशेष गरेर रोगी मानिसले जथाभावी थुक्दा सुकेको थुकमा भएको किटाणु धूलोले नै एक ठाउँबाट अर्को ठाउँमा लैजाने गर्छ । त्यसैले धूलोले रोगहरुलाई साने काम पनि गर्छ । यिनीहरुले घर, आँगन र वातावरण नै फोहोर पर्ने गर्छ । तर अर्कोतर्फ भने यसले धेरै राम्रो काम पनि गरिरहेको हुन्छ । यसले संसारलाई सुन्दर पार्ने गर्छ । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । साँझ र बिहान देखिने सूर्यको किरणको मनोरम दृश्य हावामा रहेको धुलाका कणहरु कै कारणले हुने गर्छ ।

सूर्यको किरण हावाको माथिल्लो भागमा रहेको धुलोको कणहरुमा पर्ने गर्छ । ती कणहरुले सूर्यको प्रकाशलाई विभिन्न दिशामा छर्ने गर्छ । यही भएर सूर्य अस्ताएको एक–दुई घन्टासम्म पनि सूर्यको प्रकाश देखिने गर्छ । धुलोले तL किरणहरुलाई विभिन्न कोणहरुमा छर्ने हुँदा विभिन्न रंग पनि देखिने गर्छ । साँझमा आकाश रातो देखिनुको कारण पनि यही नै हो । ती कणहरुले सूर्यको किरणलाई विशेष कोणमा बड्डाइदिन्छ, जसले गर्दा किरणमा रहेको रातो रंग सबैभन्दा अन्त्यमा बिलाउने गर्छ । बिहान पनि यही नै प्रक्रिया हुने गर्छ ।

पानी पर्नमा पनि धुलोले धेरै ठूलो मदत गरेको हुन्छ । जब पानीको थोपा बाफ बनेर उड्ने गर्छ, धुलोका कणहरुले बाफ पानीको थोपामा परिणत हुँदा ती थोपाहरुको केन्द्रको रुपमा काम गर्छन् । धुलो नहुनु हो भने ती वाफ पानीका थोपाहरु बन्ने थिएनन् । धुलो कै मदतले यस संसारमा अनगिन्ती बाँदल, हुस्सु, शीत आदि बनिरहेका छन् । त्यही भएर धुलोले हामीलाई हानि मात्र होइन फाइदा पनि गरिरहेको हुन्छ भनेर भन्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप