शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्नातकोत्तर तह (पिजी)को प्रवेश परीक्षा पुस १८ हुने

बिहीबार, ०२ पुस २०७७, २० : ४५
बिहीबार, ०२ पुस २०७७

काठमाडौं । सर्वोच्च अदालतले मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा पुस १८ गतेबाट सुरु हुने भएको छ । 

बिहिबार अर्थात आज  चिकित्सा शिक्षा आयोग सूचना जारी गर्दै पुस १८, १९ र २० गते पिजीको एकीकृत प्रवेश परीक्षा संचालन गर्ने जानकारी दिएको हो । 

यसअघि आयोगले असोज २७, २८ र २९ गते परीक्षा संचालन गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतले असोज २२ गतेको अन्तरिम आदेश जारी गरेपछि परीक्षा स्थगित भएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए ।

कोरोनाभाइरस संक्रमित परीक्षार्थीका लागि परीक्षा केन्द्रमा छुट्टै व्यवस्था गरिने उनले बताए । 

यस्तै एमडिएस, एमफार्म, एमएससी, एमपीएस, एमएससी एमआइटी, एमएससी क्लिनिकलरमेडिकल बायोकेमिस्ट्री लगाएतका परीक्षा भने पुस २० गते हुनेछ ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप