चीनले बायोएनटेकको खोप किन्ने

कोरोनाविरुद्ध आफैं खोप निर्माण गरिरहेको चीनले बायोएनटेक र फाइजर कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोप पनि किन्ने भएको छ ।
बायोएनटेक र उसका साझेदार चिनियाँ साझेदार सांघाई फोसन फर्मास्युटिकल्सले एक वक्तव्य जारी गरी जानकारी दिएअनुसार चीनले उक्त खोपको १० करोड डोज किन्ने भएको छ ।
चीनको सरकारले त्यसका लागि अनुमति प्रदान गरिसकेकाे र चाँडै नै खोप पठाउन थालिने बताइएको छ ।
त्यसो त चीन आफैंले खोप निर्माण गरिरहेको भए पनि जनतामा त्यसबारे धेरै भ्रम र आशंका छाएको छ । त्यसैले मध्यमवर्गीय चिनियाहरुले घरेलु खोपभन्दा पनि बढी विदेशी खोपलाई विश्वास गर्ने वातावरण चीनमा पैदा भइरहेको छ । अर्कोतिर चीनको उत्पादनले घरेलु मागलाई धान्न सक्ने अवस्था नरहेकोले पनि बायोएनटेकको खोपले चीनमा बजार पाउने सम्भावना पनि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न