शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सफ्ट्वेरिका कलेजले सुरु गर्‍यो इनोभेसन हब, उत्कृष्ट परियोजनालाई पाँच लाख अनुदान

बिहीबार, ०२ पुस २०७७, १८ : ५६
बिहीबार, ०२ पुस २०७७

काठमाडौ। बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ।

कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँ सम्म अनुदान दिने श्रेष्ठले बताए।

इनोभेसन हबमा कम्प्युटर, थ्रीडी प्रीन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोस लगायत  परियोजनाको आवश्यकता अनुसारको उपकरण सुबिधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए। इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरि थप अवसर दिलाइने बताइएको छ।

गृहकार्य भन्दा बाहिर आएर विद्यार्थीले स्वतन्त्रता पुर्वक आफ्नो अनुसन्धान अगाडि बढाउन सक्ने इनोभेसन हबको नेतृत्व गरिरहेका कलेजका लेक्चर मनोज श्रेष्ठ बताउँछन् । श्रेष्ठ थप्छन् ‘विद्यार्थीहरु सफ्टवेयरमा मात्र नभुली हार्डवयरमा सफ्टवेयर इम्प्लीमेन्ट गर्न जोड दिउन् भन्ने हाम्रो चासो हो।’

विद्यार्थीले पाठ्यक्रम बाहिरको बिषयमा समेत अनुसन्धान गर्न सक्ने बताइएको छ। विद्यार्थीलाई हरेक अनुसन्धानमा आवस्यक मार्गदर्शन दिइने बताइएको छ।
 
‘सफ्टवारिका कलेजको मिसन भनेकै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्नु र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न तयार गर्नु हो’, अध्यक्ष श्रेष्ठ भन्छन् ‘विश्वव्यापी रोजगारदाताहरूद्वारा मान्यता प्राप्त ब्रिटिश डिग्रीको फाइदा नेपालमै लिन सक्नुहुन्छ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप