सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय

गृहसचिव महेश्वर न्यौपानेमा कोरोना संक्रमण

बिहीबार, ०२ पुस २०७७, १८ : २९
बिहीबार, ०२ पुस २०७७

काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएसँगै न्यौपाने ‘होम आइसोलेशन’मा बसेको गृह मन्त्रालय स्रोतले जनाएको छ । गृहसचिव हालै तीनवटा सुरक्षा निकायका प्रमुखसँग उपत्यका बाहिरका प्रहरी कार्यालयको उद्घाटन भ्रमणमा सकेर काठमाडौं फर्किएका थिए । 

यसैबीच उनीसँगै भ्रमण सकेर फर्केका प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप