दुई दर्जनबढी विद्यार्थीमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि विद्यालय बन्द
ओखलढुंगा । विद्यार्थीहरुमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि ओखलढुंगाको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरस्थित बरुणेश्वर उच्चमाध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयमा अध्यनरत दुई दर्जनबढी विद्यार्थीमा एकैपटक कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विद्यालय प्रशासन श्रोतले जनाएको छ ।
उक्त विद्यालय तिहारपछि नियमित रुपमा सञ्चालमा आएको थियो । गत सोमबारदेखि विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडाले जानकारी दिए । बुधबार भने एकैपटक धैरै विद्यार्थीमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि गाउँपालिका र स्थानीय प्रशासनसँगको समन्वयमा विद्यालय बन्द गरिएको उनको भनाइ छ ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा एकैपटक एकै किसिमको स्वास्थ्य समस्या देखिएपछि उनीहरुलाई होम क्वारेन्टिनमा बस्ने गरी छाडिएको र विद्यालय शुक्रबारसम्मका लागि बन्द गरिएको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिए ।
विद्यार्थीहरुमा मौसम परिवर्तनसँगै लाग्ने भाईरल रुघाखोकी तथा ज्वरोको समस्या हुनसक्ने गाउँपालिकाले जनाएको छ । बिरामी विद्यार्थीको अवस्था हेरेर विद्यालय सञ्चालनबारे आईतबार निर्णय हुने जनाइएको छ ।
यसअघि सोही विद्यालयका एक शिक्षकमा कोरोना पोजेटिभ देखिएको भन्ने हल्ला चले पनि विद्यालयका प्रधानाध्यापक खतिवडाले उक्त हल्लाको खण्डन गरे । यद्यपि मंसिर तेस्रो साता विवाह समारोहमा सहभागी भएर फर्किएका ती शिक्षकमा उच्च ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि एक हप्तादेखि होम आईसोलेसनमा बसेको खतिवडाले बताए ।
बिरामी भएका विद्यार्थीहरुको पिसिआर परीक्षण गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । त्यसका लागि आवश्यक प्राविधिक सहयोग जिल्ला स्वास्थ्य कार्यालयले गर्ने र स्वाब संकलन गरेर पठाउन यातायातको ब्यवस्था गाउँपालिकाले गर्ने सहमति भएको छ ।
मोलुङ गाउँपालिकामा मंसिरको दोस्रो साताबाट सबै सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिका छ : सभाध्यक्ष दाहाल
-
छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको छ : सभामुख घिमिरे
-
छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल
-
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल