उखु किसानको आन्दोलन : उद्योगमन्त्री भट्टलाई नेताको फोन
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुकै संरक्षणमा चिनी उद्योगीहरुले किसानको पैसा नतिरेको जिकिर गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले बाहिर किसानको पक्षमा बोलेझैं गर्ने र भित्रभित्रै खराब उद्योगीको संरक्षणमा नेताहरु लागिदिनाले किसानहरु मर्कामा परेको बताए ।
‘सामाजिक सञ्जालमा किसानको पक्षमा भएझैं गरी नेताज्यूहरु रोइलो गर्नु हुन्छ तर भित्रभित्रै चाहिँ उद्योगीको संरक्षण गर्नु हुन्छ’, मन्त्री भट्टले भने, ‘नेताज्यूहरु मलाई फोन गरेर भन्नु हुन्छ, ‘३–४ दिनमै तिर्छु भनेका छन्, अहिले पक्राउ नगरिदिनुस् है’ । फेरि ट्विटरमा चाहिँ उहाँहरु नै सरकारकै विरोध गरेर किसानलाई पैसा किन नदिएको भन्नुहुन्छ । अच्चम छ । यस्तो दोहोरो चरित्रले किसानको हित हुँदैन,’ मन्त्री भट्टले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा
-
भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि व्यवसायीसँग अर्थमन्त्री ‘आक्रोशित’
-
योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य
-
टाटे सिमीमा विषादी
-
पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने