बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिने यो महाविद्यालय

नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो । गत आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको रु २० लाख र सांसद पूर्वाधार कोषबाट प्राप्त रु ५० लाख गरी रु ७० लाखको बोलपत्र गरी भवन शिलान्यास गरिएको महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले राससलाई जानकारी दिए ।
दुईतले आठकोठे भवन निर्माण गर्न रु १५ करोड सात लाख लागत अनुमान गरिएको छ । चालू आवमा पनि नगरपालिकाले रु ४० लाख बजेट विनियोजन गरेको छ । विसं २०६० मा स्थापित महाविद्यालयमा हाल १०८ विद्यार्थी अध्ययनरत छन् ।
त्रिभुवन विश्विद्यालयबाट सम्बन्धन प्राप्त महाविद्यालयमा अध्ययन गरिरहेका १९ बुहारीलाई निःशुल्क शिक्षा दिइएको छ । निःशुल्क शिक्षा दिन नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । महाविद्यालयमा ४१ छात्रासमेत अध्ययन गरिरहेका छन् ।
कूल विद्यार्थीमध्ये महिलाको सङ्ख्या बढी रहेको महाविद्यालय प्रशासनले जनाएको छ । महाविद्यालयको भवन नभएकै कारण हाल व्यवस्थापन सङ्कायअन्तर्गत बिबिएसको मात्र कक्षा सञ्चालन गरिएको छ । भवन बनेपछि अन्य सङ्कायको समेत अध्यापन गराइने जनाइएको छ ।
भवन शिलान्यास गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाइ, बुझाइ र सिकाइ सीप सिक्न तथा कार्यान्वयन गर्न हुनुपर्नेमा जोड दिए
कार्यक्रममा सांसद कृष्णबहादुर राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आवश्यकतानुसार उच्च शिक्षामा पनि लगानी गरिरहेकाले आगामी दिनमा समेत बढाइने प्रतिबद्धता जनाए ।
नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाका तर्फबाट बुहारी एवं छोरी शिक्षालाई प्रोत्साहन गर्न गत वर्ष शैक्षिक सामग्री वितरण गरिएकोे जानकारी दिए ।
महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा
-
तराईमा ८० भन्दा बढी प्रकारका जौको अनुसन्धान गरिँदै