मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडमा ५० वर्षका अभिनेता १९ वर्षकी अभिनेत्रीसँग रोमान्स गर्छन् : दिया मिर्जा

बिहीबार, ०२ पुस २०७७, १२ : ०५
बिहीबार, ०२ पुस २०७७

एजेन्सी – बलिउडमा पुरुष कलाकारहरु हाबी हुने प्रचलनको विरुद्ध अभिनेत्री दिया मिर्जाले विरोध जनाएकी छिन् । 

उनले बलिउडमा अभिनेताको इच्छाअनुरुप फिल्मको कथा लेखिने र ५० वर्षका अभिनेताले १९ वर्षीया अभिनेत्रीसँग रोमान्स गर्ने र बीचको उमेरकी संघर्षरत अभिनेत्रीका लागि फिल्मको कथा नै नबन्ने गरेको आरोप लगाएकी छिन् । 

बलिउड अभिनेत्रीले बलिउडका अभिनेताहरुमाथि निशाना बनाएर निकै धेरै उमेरका पुरुषहरुले कान्छी उमेरकी अभिनेत्रीसँग रोमान्स गर्नु लज्जास्पद भएको समेत बताएकी छिन् । 

उनले एक अन्तरवार्तामा दिया मिर्जाले अधबैँशे अभिनेताको अगाडि किशोरावस्थाका अभिनेत्रीहरु राखिने बताउँदै बलिउड उद्योगमा पुरुष अभिनेताहरुको हाबी रहेको बताइन् । यस्तो प्रचलन हुनु दुर्भाग्यपूर्ण भएको समेत उनले उल्लेख गरिन् । 

दिया मिर्जाले उक्त उद्योगमा थुप्रै अभिनेत्रीहरु जो मिडिल एजका छन् । उनीहरु अहिलेसम्म संघर्षरत रहेको समेत बताइन् । तर, त्यस्ता उमेरका अभिनेत्रीहरुलाई फिल्मको कुनै पनि कथा नलेखिने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप