धान उत्पादन बढ्यो, यसवर्ष एक लाख मेट्रिक टनभन्दा बढी उत्पादन

काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ ।
गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ लाख मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको तर त्यसको तथ्याङ्क बाहिर नआएको बताउनुभयो । मौसम अनुकूलता, समयमा सिँचाइ, मल आपूर्ति, धान खेतको क्षेत्रफल वृद्धि लगायतका कारण उत्पादन वृद्धि भएको उनले बताए ।
उनले भने, “यसपालि धान उत्पादन वृद्धि हुनुको मुख्य कारण खेतीयोग्य जमिनको क्षेत्रफल वृद्धि नै हो । मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ भएको थियो ।”
कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दीले धान रोपाइँको क्षेत्रफल वृद्धि भएको थियो । सहरबाट गाउँ पसेकाले बा(ँझो जमिनमा पनि धान खेती गरेका थिए । विगतभन्दा यसपालि धान रोपाइँ समयमा सम्पन्न भएको, धान रोपाइँको क्षेत्रफल वृद्धि भए पनि अन्तिममा आएर तराई मधेसमा बाढी र त्यसपछि कीराले क्षति पु¥याएका कारण मन्त्रालयले लिएको लक्ष्यअनुसार धान उत्पादन हुन नसकेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न