१४ बुँदे प्रतिवद्दता पत्रसहित सिडेन अध्यक्षमा थानीको उम्मेदवारी

काठमाडौं । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) को छैटौं निर्वाचनमा अध्यक्ष पदमा उमेश थानीले उम्मेदवारी दिएका छन् । थानीले सिडेन निर्वाचनको इतिहासमै नयाँ प्रयोग गर्दै १४ बुँदे प्रतिवद्दतापत्रसमेत सार्वजनिक गरेका छन् ।
पुस ४ गते हुने निर्वाचनमा थानीले विगतका कार्य समितिले गरेका प्रयासलाई थप प्रभावकारी बनाउने, कार्यालय तथा कामलाई प्रविधिमैत्री बनाउने, ईन्जिनियरहरुको हक–हितको पक्षमा आवाज उठाउने, ईन्जिनियरिङ समुदायप्रतिको आम विश्वासलाई मजबुत बनाउन लागि पर्ने, युवा ईन्जिनियर लक्षित कार्यक्रमहरु सुचारु गर्ने, नयाँ प्रविधिको आविष्कार तथा अध्ययन–अनुसन्धानमा सघाउने, ईन्जिनियरिङ क्षेत्रमा रोजगारी सिर्जना गर्नुको साथै उचित सेवा–सुविधाका लागि पहल गर्ने प्रतिवद्दता जनाएका छन् ।
उनको प्रतिवद्दतापत्रमा अगाडि भनिएको छ, ‘ईन्जिनियरिङ शिक्षाको गुणस्तरियता अभिवृद्धि, आधारभूत मापदण्डहरुको सुनिश्चितता, सर्वशुलभ र व्यवहारिक ईन्जिनियरिङ शिक्षाको व्यवस्थाका लागि सरोकारवालाहरुसँग निरन्तर समन्वयन गर्नेछौँ ।’ थानी यसअघि नेपाल ईन्जिनियर्स एसोसिएसन (नेईए) को महासचिव तथा नेपाल ईन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार भइसकेका ब्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड