कर्जाको प्रिपेमेन्ट र स्वाप शुल्क ५ गुणासम्म बढ्यो

काठमाडौं । बैंकबाट ऋण लिएका ऋणीले समयभन्दा अगावै कर्जा तिर्दा र एउटा बैंकको ऋण अर्को बैंकमा सार्दा लाग्ने शुल्क ५ गुणासम्म वृद्धि भएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षालाई कार्यान्वयन गर्नेगरी नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले बुधबार जारी गरेको निर्देशन अनुसार अब प्रिपेमेन्ट तथा स्वाप शुल्क सेवाशुल्कको शतप्रतिशतसम्म हुनसक्ने व्यवस्था गरेको छ । यसअघि यस्तो शुल्क २० प्रतिशत मात्रै हुन पाउने व्यवस्था थियो ।
निर्देशन अनुसार अब अग्रिम भुक्तानी गरे वा अर्को बैंकमा ऋण सारेमा ऋण लिएको २ वर्षसम्म सेवा शुल्कको शतप्रतिशत, २ देखि ५ वर्षसम्म त्यसको ५० प्रतिशत तथा ५ वर्षभन्दा बढी अवधिपछि २० प्रतिशत मात्रै शुल्क लिन पाउने व्यवस्था गरिएको छ । यसअघि जुनसुकै समयमा प्रिपेमेन्ट वा स्वाप गर्दा पनि सेवा शुल्कको २० प्रतिशत मात्रै ऋण लिन पाउने व्यवस्था थियो ।
हाल बैंकबाट ऋण लिँदा बैंकले लिने सेवाशुल्क वाणिज्य बैंकका लागि ०.७५ प्रतिशत, विकास बैंकका लागि १ प्रतिशत र वित्त कम्पनीका लागि १.२५ प्रतिशत बराबर निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक : शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण
-
Breaking News : नवराज सुवेदी घरमै नजरबन्द
-
Breaking News : राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ
-
रास्वपाद्वारा पूर्वराजाका समर्थकहरूबाट भएको गतिविधिको भर्त्सना