शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अधिकांश बैंकको ब्याजदर घट्यो, कुन बैंकमा कति पाइन्छ ब्याज ?

बचतमा १८ र मुद्दतिमा १६ बैंकले ब्याजदर घटाए, बचतमा बढाउने एउटा मात्रै, मुद्दतिमा मुद्दतिमा ५ वटा
बुधबार, ०१ पुस २०७७, १८ : ०२
बुधबार, ०१ पुस २०७७

काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएका छन् । बैंकहरुले आज (पुस १ गते) देखि लागू हुनेगरी बचत तथा मुद्दति खाताको ब्याजदर घटाएका हुन् । नेपाल राष्ट्र बैंकले महिना सुरु हुनुअघि नै सो महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने नियम ल्याएसँगै पुस महिनाका लागि बैंकहरुले विभिन्न समयमा ब्याजदर सार्वजनिक गरेका हुन् । 

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार २७ वाणिज्य बैंकले बचत खातामा दिँदै आएको ब्याजदर घटाएका छन् । बाँकी १० बैंकमध्ये ९ बैंकको बचत खाताको ब्याजदर स्थिर रहँदा एउटा बैंकले मात्रै यस्तो खाताको ब्याजदर बढाएको छ ।  ब्याजदर घट्ने बैंकहरुमध्ये नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्शियल बैंक, सानिमा बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंक छन् । 

त्यस्तै, बचत खाताको ब्याजदर स्थिर रहेका बैंकहरुमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्शियल बैंक, एनआईशी एशिया बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू छन् । ब्याजदर बढ्ने एकमात्र बैंक एनएमबि बैंक हो ।  उता, मुद्दति खातामा पनि अधिकांश बैंकले दिँदै आएको ब्याजदर घटेको छ । एकवर्षे व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको ब्याजदरलाई आधार मान्दा बैंकहरुको ब्याजदर घटेको देखिएको छ । 

यसरी मुद्दति निक्षेपमा समेत ब्याजदर घटाउने बैंकको संख्या १६ रहेको छ । बाँकी ११ बैंकमध्ये ५ वटा बैंकको ब्याजदर बढेको छ । बाँकी ६ वटा बैंकको ब्याजदर भने स्थिर छ । मुद्दति खातामा हाल कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, प्राइम कमर्शियल बैंक र एनएमबि बैंकको ब्याजदर बढेको छ । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे र एनआईशी एशिया बैंकको ब्याजदर स्थिर रहेको छ । बाँकी बैंकको ब्याजदर भने घटेको छ । 

कुन बैैंकको ब्याजदर कति ? 
बैंकहरुद्वारा प्रकाशित पछिल्लो ब्याजदर तालिकाअनुसार बचत खातामा १.५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म तथा एकवर्षे मुद्दति खाता ५ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म तोकिएको छ ।  बचत खातामा सबैभन्दा कम ब्याजदर दिने बैंक एनआईशी र नबिल बैंक रहेका छन् । सबैभन्दा बढी ब्याजदर दिने बैंक भने सबैभन्दा बढी ब्याजदर बैंक अफ काठमाडौंले तोकेको छ ।  मुद्दति खातातर्फ भने अधिकांश बैंकको न्यूनतम ब्याजदर दिने स्ट्यान्डर्ड चार्टबैंक बैंक बनेको छ । सबैभन्दा बढी ब्याजदर भने सिटिजन्स बैंकको तोकिएको छ ।

हेर्नुहोस् तालिका:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप