बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संसद बैठक बोलाउने अडानबाट प्रचण्ड–नेपाल समूहपनि ब्याक !

बुधबार, ०१ पुस २०७७, १७ : ०४
बुधबार, ०१ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिन राजी भएपछि संसद बैठक बोलाउनु पर्ने पक्षमा रहेको प्रचण्ड–माधव नेपाल समूहपनि आफ्नो अडानबाट पछि हटेको छ । ओलीले मंगलबार अध्यादेश ल्याएपछि प्रचण्ड नेपाल समूह संसद अधिवेशन बोलाउनका लागि दवाव दिन राष्ट्रपतिलाई नै हस्ताक्षर बुझाउन पुगेको थियो । 

तर बुधबार महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीच वालुवाटारमा भएको वार्तामा ‘ओलीले अध्यादेश फिर्ता लिने र प्रचण्ड–नेपाल समूह संसद बैठक बोलाउने अडानबाट पछि हट्ने’ सहमति भएको हो । 
मंगलबार ओलीले अध्यादेश ल्याएसँगै नेकपाभित्रको विवाद थप चर्किएको थियो भने ओली इतर समूहले ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।  जसअनुसार दुई पक्षबीच विवादले चरम रुप लिएकै बेला बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो । 

 नेकपाका ८३ जना सांसदसहितको हस्ताक्षर संसद अधिवेशनका लागि राष्ट्रपतिकहाँ बुझाइएपनि दर्ता भने भइसकेको छैन । आजै हस्ताक्षर दर्ता गरेर राख्ने र ओलीले अध्यादेश प्रक्रियाअनुसार फिर्ता लिएपछि हस्ताक्षर पनि फिर्ता लिने बताइएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप