चितवनमा अवैध औषधिसहित ८ जना पक्राउ

इजाजत बिना औषधी ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना व्यक्तिहरु चितवनबाट पक्राउ परेका छन् । भारतबाट तस्करी गरी पर्साको ठोरी हुँदै चितवनको माडी तर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यलय माडीले विशेष सुराकीका आधारमा ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधी बरामद गरेको हो ।
इलाका प्रहरी कार्यलय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा गएको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा अवैध औषधी सहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बोरामा लुकाएर ल्याएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधी बरामद गरेको छ । चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधी व्यवस्था विभागसँग राय सल्लाह लिए अनुसार थप अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा नेटवर्कीङ व्यापारमा संलग्नहरुले विक्री वितरणका लागि ल्याएको पाइएको बताए ।
प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागि स्वीकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देबेन्द्र यादवले बताए । पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
-
मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च (तस्बिरहरू)
-
एसईई दिने विद्यार्थीले सवारी साधन नपाए काठमाडौँ महानगर प्रहरीले गन्तव्यमा पुर्याइदिने
-
तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जसपा नेपालले परिसङ्घ गठन गर्ने