शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

बालुवाटारमा महासचिवलाई राखेर ओली र प्रचण्डले थाले छलफल

बुधबार, ०१ पुस २०७७, १५ : ०३
बुधबार, ०१ पुस २०७७

नेकपाभित्रको विवाद उग्र बन्दै जाँदा स्थायी समिति बैठक प्रभावित बनेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म बस्न नसकेको हो । बरु सहमतिको पहलस्वरुप बालुवाटारमा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच पुनः छलफल सुरु भएको छ।  यसअघि आजै दुई अध्यक्षबीच वान टु वान छलफल भएकोमा दोस्रो पटकको छलफलमा महासचिव विष्णु पौडेल समेत सहभागी छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिवसहित दुई अध्यक्षबीच छलफल सुरु भएको बताए । प्रधानमन्त्री ओलीले बुधबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद थप बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप