शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका बिरामी बढेसँगै जर्मनीमा कडा लकडाउन

बुधबार, ०१ पुस २०७७, १३ : ४८
बुधबार, ०१ पुस २०७७

एजेन्सी । कोरोनाका बिरामी बढेसँगै जर्मनीमा कडा लकडाउन गरिएको छ । स्कुल तथा अत्यावश्यक बाहेकका अन्य सबै व्यापार बन्द गरिएको छ । १० जनवरीसम्म यी नियमहरु लागुू हुने सरकारी अधिकारीहरुले जनाएका छन् । यद्यपी, क्रिसमसमा भने केही छुट दिइनेछ । त्यस समय एउटा परिवारले आफ्नो नजिकका चार जनालाई घरमा बोलाउन सक्छन् । 

बुुधबार जर्मनीमा २३ हजार ४ सय २७ जनामा संक्रमण देखिएको थियो । क्रिसमसपूर्व अन्य देशहरुले पनि नियम कडा बनाएका छन् । फ्रान्सले रातको समय कफ्र्यु लगाएको छ ।  नयाँ नियमअनुसार जर्मनीमा सुपरमार्केट र बैंकजस्ता अत्यावश्यक व्यापारमात्रै खुल्नेछन् ।

गत नोभेम्बरयता स्थानीयस्तरमा लकडाउन गरिएका केही क्षेत्रमा त्यसबेलादेखि नै रेस्टुुरेन्ट, बार र अन्य विलासी केन्द्रहरु बन्द छन् । सैलुन  बन्द गर्नैपर्ने सूचना जारी गरिएको छ भने सार्वजनिक स्थलमा रक्सी सेवन गर्न पनि प्रतिबन्ध लगाइएको छ । आफ्ना कर्मचारीलाई घरबाटै काममा लगाउनका लागि कम्पनीहरुलाई आग्रह गरिएको छ । 

कोभिड १९ महामारी र यसको नियन्त्रणमा सरकारले गरेका पहलहरु नियालिरहेको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटका लोथर विलेरले महामारी सुरु भएयताकै सबैभन्दा गम्भिर परिस्थिति अहिले सिर्जना भएको बताए । ‘संक्रमितको संख्या अहिलेसम्मकै ठूलो छ र यो संख्या बढ्दैछ । अवस्था यसरी नै खराब भइरहनसक्ने र महामारी तथा यसपछि घटनाक्रमसँग लड्न कठि हुँदै जाने खतरा पनि देखिएको छ,’ उनले भने । 

यसअघि युरोपियन मेडिसिन्सन एजेन्सी (ईएमए) लाई फाइजर÷बायोनटेकको खोप स्वीकृत प्रक्रिया चाडैं टुङ्ग्याउन दबाब दिइएको जर्मन सरकारले जनाएका थियो । बेलायत र अमेरिकाले यो खोपलाई स्वीकृति दिइसकेपनि युरोपेली युनियनले यसलाई स्वीकृति दिन बाँकी नै छ । जर्मनी, इटली, स्पेन, फ्रान्सलगायत युरोपेली देशहरुमा महामारीको प्रभाव भयंकर देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप