बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड भेट्न शंकर पोखरेल एकाबिहानै खुमलटारमा

बुधबार, ०१ पुस २०७७, ०९ : ३३
बुधबार, ०१ पुस २०७७

काठमाडौं । अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को विरोध भइरहेका बेला ओलीले पुन सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि विवाद थप बढ्ने निश्चित भएका बेला ओली पक्षीय नेता तथा स्थायी समिति सदस्य पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।

लुम्विनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेको स्रोतको दावी छ । आजै बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप