केन्द्रीय संस्करण

बाबुरामको प्रश्नः कतै पहिलो राष्ट्रपति पदका हकदार रामराजाको सराप त लागेको हैन ?

person explore access_timeमंसिर ३०, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी  शर्माओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप लगाएका छन् । ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद अध्यादेश जारी गरेपछि उक्त कदमबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराई सो आरोप लगाएका हुन् ।

अध्यक्ष भट्टराईले ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरु वैठक, वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने कि बेलैमा प्रधानमन्त्री र राष्ट्रपतिका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाअभियोगतर्फ लाग्ने हो भन्दै प्रश्न समेत गरेका छन् । 

उनले भनेका छन्ः ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेसन र महाभियोग तर्फ लाग्ने हो ?’ 

भट्टराईले अघिल्ला राष्ट्रपति र अहिलेको राष्ट्रपतिको कामकार्वाही सही नभएको टिप्पणी गर्दै पहिलो राष्ट्रपति पदका जायज हकदार रामराजाप्रसादको सराप लागेको त हैन भन्दै प्रश्न गरेका छन् । अध्यक्ष भट्टराईले भनेका छन्ः ‘सबैले आत्मसमीक्षा गरौं(विपक्षी दलका पहिलो राष्ट्रपति मपले पारित गरेका कुनै अध्यादेश जारी नगरेर निर्वाचित सरकारलाई असफल पार्ने सत्ताधारी दलकी दोश्रो राष्ट्रपति प्रमको लहडको अध्यादेशलाई मिनेटमा जारी गर्ने१कतै पहिलो राप पदका जायज हकदार स्वतन्त्र व्यक्ति रामराजाको सराप त लागेको हैन ?’

राष्ट्रपति भण्डारीले मंगलबार सरकारको सिफारिसमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ । 

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.