शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा थप ५०६ जनाको मृत्यु, १८ हजार बढी संक्रमित

मङ्गलबार, ३० मङ्सिर २०७७, २३ : १४
मङ्गलबार, ३० मङ्सिर २०७७

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले जनाएको छ । मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६४ हजार ९०८ पुगेको छ ।

एक साताभित्र  मात्र तीन हजार १६० जना कोरोना कोरोना संक्रमितको  मृत्यु भएको छ । यसैगरी २४ घण्टाभित्र १८ हजार ४६० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १८ लाख ८८ हजार ११६ पुगेको छ ।

यसैगरी गएको २४ घन्टामा एक हजार ६३७ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको स्वास्थ्य विभागले जनाएको छ । हाल यहाँका हस्पिटलमा १७ हजार भन्दा बढी कोरोनाका बिरामीहरु छन् भने भेन्टिलेटर बेडमा मात्र एक हजार २८८ जनाको उपचार भैरहेको छ ।

संक्रमण दर बढ्दै गएका कारण बुधबारबाट लण्डनमा थप कडा प्रतिन्बन्ध लागू गरिने भएको छ । संक्रमणका आधारमा यसअघि टियर २ अर्थात् उच्च अलर्ट तहमा रहेको लण्डनलाई अब टियर ३ (अति उच्च अलर्ट) मा लैजाने निर्णय गरिएसँगै प्रतिबन्धहरु पनि थप कडा हुने भएका हुन् । 

टियर ३ मा पर्ने  क्षेत्रभित्र एक परिवारले अर्को परिवारसँग इन्डोर जमघटमा पूर्ण प्रतिवन्ध रहनेछ । पार्क,बीच जस्ता स्थानहरुमा ‘ग्रुप अफ सिक्स’ को नियमअन्तर्गत ६ जनासम्म भेट गर्न पाइनेछ ।  पसल, जीम र हेयर ड्रेसिंगसहित पर्सनल केयर सर्भिसहरु खोल्न पाइनेछ । पब, बार, क्याफे तथा रेष्टुरेन्टहरुमा टेकअवेबाहेक सबै बन्द रहनेछन् । टियर ३ का क्षेत्रबाट अरु क्षेत्रहरुको यात्रा पनि नगर्न आव्हान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप