रूसको एक नर्सिङ होममा आगलागी, कम्तीमा ११ जनाको मृत्यु
मङ्गलबार, ३० मङ्सिर २०७७, २२ : ३६

एजेन्सी । रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ । मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले बताएका छन् । अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५मध्ये चार जनाले भागेर ज्यान बचाएको र ११ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजधानी मस्कोदेखि एक हजार ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको इसविल्डनो गाउँमा उक्त घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र आगलागी र यसमा सञ्चालकको लापर्बाहीबारे अनुसन्धान गर्न सरकारले एक समिति बनाइसकेको र थप जानकारी अनुसन्धानपछि दिन सकिने प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि