सरकारले अध्यादेश ल्याएर लोकतन्त्रलाई धरापमा पारेको छ- उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार नै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । संसदको गरिमालाई समाप्त पार्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु गलत कार्य भएको उनले बताएका छन् ।
संसद अधिवेशन बोलाएर जनताको हकमा काम गर्नुको सट्टा अध्यादेशमार्फत देश चलाउनु लोकतन्त्र खतरामा रहेको संकेत भएको उनले बताए । यादवले संवैधानिक परिषद् शक्ति सन्तुलन गर्ने निकाय भएको तर सरकारले स्वेच्छाचारी तरिकाले अध्यादेश ल्याई संसदको गरिमालाई समाप्त पारिरहेको आरोप समेत लगाए ।
उनले संवैधानिक परिषद्को बैठकबाट सभामुखलाई अलग गर्नु भनेको संसदको गरिमालाई नमान्नु हो भनि प्रतिकृया दिए । त्यस्तै, जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अध्यादेशअघि नै संसद अधिवेशन बोलाउन माग गरेका छन् ।
मंगलबार ट्वीट गर्दै उनले अध्यादेशमार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् भनि प्रश्न गरेका छन् । त्यत्रो वलिदानमार्फत स्थापित गणतन्त्रको चिरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो भन्दै उनले संसद अधिवेशनको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदन, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त
-
अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु : सर्वोच्च अदालत
-
सर्वोच्चले भन्यो– पत्र कार्यान्वयन नगर्नू, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू (पत्रसहित)
-
इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन
-
पूर्वनवयुवराज हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
रेशम चौधरी रिहा हुँदै