बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

साल्ट ट्रेडिङ्गमा ८ अर्व २५ करोडको कारोबार, मुनाफा ७३ करोड १४ लाख

मङ्गलबार, ३० मङ्सिर २०७७, १७ : ३८
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।  

कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहसहित वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । 

कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्ष्ँेत्रको लगानी उपलब्धीमूलक देखिएको छ ।  

कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै रु. ८ अर्व २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५/०७६ मा मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ । 

कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पुंजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत रु.१,५३,५७,५८० र रु.३,८३,९३,९५० बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।  

विगत वर्षमा कर्पोरेशने आयात गरेको चिनी मध्ये २५०० मे.टन चिनी भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भन्सार विन्दुमा रोकिएको कर्पोरेशनले जनाएको छ । जसका कारण कर्पोरेशनको चिनीको कारोबारमा कमि एवं भन्सारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको पनि कर्पोरेशनले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप