बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देव गुरुङ भन्छन्– पार्टी संस्थागत चल्ने कि व्यक्तिगत भन्ने लडाइँ छ

मङ्गलबार, ३० मङ्सिर २०७७, १६ : ४१
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । नेकपाका मुख्य सचेतक देव गुरुङले कुनै पनि नेताको जिम्मेवारी हेरफेर गर्ने कुरा व्यक्तिको निर्णयमा नभई संस्थागत गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई केही दिनअघि बालुवाटार बोलाएर मुख्य सचेतकबाट राजीनामा गर्न दवाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले संसदीय दलको नेतालाई असहयोग पुग्ने गतिविधि जारी राखेको भन्दै गुरुङको जिम्मेवारी खोस्ने चेतावनी पटक–पटक दिँदै आएका थिए । गुरुङले को व्यक्तिले के भन्यो भन्ने भन्दा पनि पार्टीलाई विधि विधान र पद्दतिमा हिँडाउने कि व्यक्ति विषेशमा भन्ने लडाई चलिरहेको बताए । उनले जिम्मेवार व्यक्तिको जिम्मेवारी हेरफेरबारे पार्टीले मात्रै निर्णय गर्न सक्ने समेत बताए । 

‘पार्टीको विधि पद्दतिअनुसार पार्टी कमिटीमा छलफल गरेर वा बैठक बस्न सकेन भनेपनि नेताहरुबीच सरसल्लाह गरेर निर्णय गर्नुपर्ने हो । कुनै पनि सवालमा व्यक्तिगत मामला बनाउन मिल्दैन’ उनले रातोपाटीसँग भने, ‘संस्थागत मामिला भएकाले सामूहिक संस्थागत पद्दतिलाई नै फलो गर्नुपर्छ भन्ने लाग्छ ।’

उनले पार्टीमा विधि र पद्दतिकै बहस चलिरहेको भन्दै एउटा धार सर्वसत्तावादी र एकाधिकारवादी भएकाले फरक मतलाई निषेध गर्न लागिरहेको बताए । ‘फरक मतलाई निषेध गर्ने एउटा छ भने अर्को धार त्यसरी हुँदैन यो संस्थागत ढंगले चल्नुपर्छ भन्नेमा छ’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप