आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

विश्वव्यापीकरणले संस्कृति र सहित्यमा अतिक्रमण भयोः मन्त्री भट्टराई

मङ्गलबार, ३० मङ्सिर २०७७, १४ : ३१
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिलेको विश्वव्यापीकरणले संस्कृति, सहित्य र इतिहासहरुमा अतिक्रमण भइराखेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ३५ औं प्रज्ञासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री भट्टराईले विद्धान प्राज्ञहरुको मेहनेत र कोसिसले देशको इतिहास, संस्कृतिको संरक्षण गर्ने विश्वास समेत व्यक्त गरे । नेपालीपन र नेपाली इतिहासको जगेर्ना गर्ने काममा प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसै क्षेत्रमा कलम चलाउन समेत उनले आग्रह गरे ।

नेपालको भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल कुनैपनि समृद्ध मुलुकहरुको भन्दा कम नभएको पनि मन्त्री भट्टराईले बताए । प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा सोमबार राष्ट्रिय कविता महोत्सव समेत आयोजना गरेको थियो । प्रतिष्ठान स्थापनाको ६२ औं वर्ष पूरा गरी ६३ औं वर्ष प्रवेश गरेको र ३५ औं प्रज्ञासभा आज काठमाडौंमा बसेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप