युवावस्थामा नै मुटुरोग ! चिन्नुहोस् यस्ता लक्षणहरु

एजेन्सी – भारत लगायतका मुलुकहरुमा वृद्धवृद्धाभन्दा युवाहरुमा मुटुरोगको समस्या बढेको पाइन्छ । युवावस्थामा धुम्रपान र मध्यपानको खराब बानी र असन्तुलित जीवनशैलीका कारण मधुमेह र उक्तचापसँगै हृदयघातको समस्या पनि हुनसक्छ ।
कम उमेरका मानिसमा मुटुरोगको समस्या बढ्दै
रिपोर्टका अनुसार खराब जीवनशैलीका कारण युवाहरुमा मुटुसम्बन्धी रोगहरु लाग्न सक्छ । जीवनशैलीका कारण मुटुसम्बन्धी रोग लाग्ने सम्भावना ७५ प्रतिशत धेरै हुन्छ । एक रिपोर्टका अनुसार भारतमा हरेक वर्ष ९०० जनामा हृदयघात हुने र जसमध्ये ३० वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरु धेरै हुने गर्छन् । यो आकँडा समयसँगै बढिरहेको पाइन्छ । हृदयघातको प्रमुख कारण सुरुवाती लक्षणहरु पहिचान गर्न नसक्नु नै हो ।
कारण
प्रोग्रेसिव हर्ट फेलियर रक्त नलीहरुमा बोसोजन्य पदार्थ जम्मा भएर हुने गर्छ । यसको मुख्य कारण खराव जीवनशैली, अत्यधिक तौल, उच्च कोलेस्ट्रोल र मधुमेह जस्ता रोगहरु हुन् । यस्ता रोगका कारण हरेक दिन युवाहरुमा हृदयघातको सम्भावना बढ्दै गएको छ ।
लक्षण
सुरुवातमा नै मुटुमा हुने समस्याहरु पहिचान गर्न सकेको खण्डमा हृदयघातबाट बच्न सकिन्छ ।
बेचैन हुने
हृदयघातको सबैभन्दा मुख्य लक्षण छात्तीभित्र बैचनी हुनु नै हो । र छात्तीभित्र भारीपन महसुस गर्नु हो । साथै, कतिपय अवस्थामा छात्ती पोल्नु पनि हृदयघातको लक्षण हुनसक्छ ।
सास फेर्न समस्या
सास फेर्न समस्या हुनु हृदयघातको लक्षण हो । साथै, थोरै पाइला चाल्ने वित्तिकै अत्यधिक सास फुल्ने हुन्छ भने त्यो हृदयघाततर्फ इशारा हुनसक्छ ।
धेरै पसिना आउनु
गर्मीमा धेरै पसिना आउनु सामान्य नै भएपनि जाडोमा समेत अत्यधिक पसिना आउँछ भने त्यो हृदयघातको समस्या हुनसक्छ ।
हात झम्झमाउने
यदि हात बारम्बार झम्झमाउने गर्छ भने यो हृदयघात तथा पक्षघातको संकेत हुनसक्छ ।
अचानक शरीरको कुनै अंगले काम गर्न छोडेमा त्यो समस्यालाई बेवास्ता गर्नुहुँदैन । त्यो पनि हृदयघातको संकेत हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो