फिल्म छायाँकन खोल्ने सरकारको तयारी

काठमाडौं । कोरोनाको कारण बन्द भएको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । सरकारले फिल्म क्षेत्र खोल्ने निर्णय नगरेपनि चलचित्र प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले भने पुस १० गतेबाट चलचित्र हल सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तैमा सरकारले फिल्म छायाँकनका लागि भने अब खुल्ला गर्ने भएको छ । सरकारले आउँदो पत्रकार सम्मेलनमा फिल्म छायाँकन खुल्ला भएको घोषणा गर्ने तयारी गरेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फ कार्यसमिति सदस्य आकाश अधिकारी बताए ।
फिल्म क्षेत्र खोल्ने विषयमा हालै उपप्रधानमन्त्री एवम् सिसिएमसीका संयोजक ईश्वर पोखरेल र सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङसँगको भेट गरेका अधिकारीले भेटमा फिल्म छायाँकन खोल्ने जानकारी दिएको बताए । अधिकारीले भेटका तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै सरकारले फिल्म छायाँकन खोल्न लागेको र चलचित्र हल खोल्ने बिषयमा सरोकारवाला संघ–संस्थासँग छलफल गरेर खोल्ने जानकारी प्राप्त भएको बताएका छन् ।
१० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गर्ने पनि उपप्रधान र सञ्चारमन्त्रीले आश्वासन दिएको उनले स्टाटसमा उल्लेख गरेका छन् । भेटमा अधिकारीका साथ अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए । सरकारले फिल्म छायाँकनका लागि आधिकारिक रुपमा अनुमति दिने तयारी गरेपनि विगत केही महिनायता केही निर्माता निर्देशक भने सरकारको निर्णय अवज्ञा गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायाँकन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा